१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शहबाज शरीफ पाकिस्तानका २३ औँ प्रधानमन्त्री नियुक्त



एजेन्सी ।

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता एवम् पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चुनिनुभएको छ । प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षको साझा उम्मेदवार हुनुहुन्थ्यो । आज सोमवार नेशनल असेम्बलीमा भएको विश्वासको मत प्रस्तावमा उहाँले एक सय ७४ मत प्राप्त गर्नुभयो ।

आज नेशनल असेम्बलीको सत्र सुरु हुनेबित्तिकै इमरान खानको पार्टीका सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

इमरान खानले अमेरिकी षड्यन्त्रका कारण आफूलाई सत्ताबाट हटाइएको दाबी गर्नुभएको छ । हिजो आइतवार नेशनल असेम्बलीमा अविश्वास प्रस्ताव पारित भएपछि पदमुक्त हुनुभएका इमरान खानको ठाउँमा शहबाज शरीफ देशको २३ औँ प्रधानमन्त्री हुनुभएको हो ।

शहबाज शरीफमाथि लेनदेनसँग जोडिएको एउटा मुद्दा चलिरहेको छ र यसको सुनुवाई अप्रिल २७ मा हुने तय भएको छ । यसैबीच अदालतले उहाँलाई अप्रिल २७ सम्म पक्राउ गर्नका लागि रोक लगाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८ सोमबार ००:००  ६ : ११ बजे