७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विश्वमा कोरोना हुनेको सङ्ख्या ५० करोड नाघ्यो, ६२ लाख बढीको ज्यान गयो



एजेन्सी ।

विश्वमा कोरोना भाइसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५० करोड नाघेको छ । अहिलेसम्म ५० करोड एक लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरस विश्वभर फैलिएर अहिलेसम्म ५० करोड मानिसमा सङ्क्रमण भएको हो । सबैभन्दा धेरै अमेरिकामा आठ करोड २१ लाख र दोस्रोमा भारतमा चार करोड ३० लाख जनामा सङ्क्रमण पुष्टि भएको छ । विभिन्न १२ देशमा एक करोडभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये ६२ लाख ६ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । ४५ करोड दुई लाख जना निको भएका छन् ।
यस्तै विश्वमा अहिलेसम्म ११ अर्ब ४६ करोड मात्रा कोरोनाविरुद्धको खोप प्रयोग भइसकेको छ । विश्वमा ४२ प्रतिशतभन्दा धेरै मानिसले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८ मंगलबार ००:००  ६ : २९ बजे