१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कोरोना अपडेटः देशभरि सक्रिय संक्रमित ३ सय ७५ जना मात्र



काठमाडौं ।
पछिल्लो २४ घन्टामा देशभरि १२ जना कोभिड १९ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ४ सय ८९ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज ३६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण हुने मृत्युको संख्या आज पनि शून्य रहेको छ।

मन्त्रालयको विवरणअनुसार हाल देशभरि ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि १० जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। आज देशभरि ६ हजार ७ सय ५८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।

प्रकाशित मिति : ४ बैशाख २०७९ आइतबार ००:००  ३ : ४३ बजे