२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

गठबन्धनको निर्णय नमान्ने नेता, कार्यकर्तालाई कारबाही गरिन्छः गृहमन्त्री खाण



रुपन्देही ।

गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन दलको निर्णय नमान्ने नेता, कार्यकर्तालाई कारबाही गरिने बताउनुभएको छ ।

गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा रहेको आफ्नै निवासमा आज बुधवार आयोजित पत्रकार भेटघाटमा उहाँले चुनावमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई नभएको बताउनुभयो ।

गृहमन्त्री खाणले भन्नुभयो, ‘अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्त्वपूर्ण होइन, कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा ठाउँमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निर्णय गर्छ, त्यसको पालना गर्नुपर्छ ।’

कार्यक्रममा उहाँले नागरिकका अधिकार सशक्त बनाउन पालिका चुनाव महत्त्वपूर्ण भएको बताउनुभयो । नागरिकको नजिकको सरकार भएकाले पालिका चुनाव शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ । रासस

प्रकाशित मिति : ७ बैशाख २०७९ बुधबार ००:००  ७ : २२ बजे