१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

यस्तो टाउको दुखाईले ज्यानै लिन सक्छ !



काठमाडौँ ।

समय समयमा विभिन्न समस्याले टाउको दुख्छ । केही सामान्य रुपमा कहिलेकाहीँ टाउको दुख्नुलाई सामान्य मानिन्छ । तर, अचानक अत्यधिक टाउको दुख्नुले विभिन्न रोगको संकेत गर्छ । यस्तो टाउको दुखाई खतरनाक समेत हुन सक्छ ।

कहिलेकाहीँ प्यारालाइसिस, मस्तिष्क ट्युमर, मस्तिष्कमा रगत जम्ने जस्ता कारण पनि टाउको अत्यधिक दुख्छ । तर, कुन रोगका कारण टाउको दुखेको हो भनेर पत्ता कसरी लगाउने भन्ने समस्या पर्न सक्छ । मानसिक तनावका कारण टाउको दुख्ने समस्यालाई माइग्रेन भनिन्छ । यो टाउको दुखाई केही समयमा औषधि, उपचार र खानपानका कारण निको हुन सक्छ ।

कहिलेकाहीँ सहनै नसक्ने गरी टाउको दुख्छ । यस्तोमा आफैँले औषधी किनेर खाने भूल गर्नु हुँदैन । धेरै टाउको दुख्नु घातक हुन्छ । कतिपय अवस्थामा सहन नसक्ने गरी टाउको दुख्यो वा अचानक टाउको दुख्न थाल्यो भने तत्काल अस्पताल जानु पर्दछ । धेरै टाउको दुख्दा लामो समयसम्म उपचार गरिएन भने ज्यान पनि जान सक्छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९ बिहिबार ००:००  ६ : ०६ बजे