८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025

लुम्बिनी प्रदेशमा गठबन्धन कार्यदल बैठक जारी



बुटवल ।
लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूको कार्यदलको बैठक बिहानैबाट जारी छ । नेपाल काँग्रेस लुम्बिनी प्रदेश पाटी कार्यलयमा बसेको बैठकमा गठबन्धन भित्रका मिलाउन नसकेको विषयहरूमा छलफल चलिरहेको नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बताए। कार्यदल बैठक पछि दिउँसो प्रदेश संयन्त्रको बैठक बस्ने छ।

आज दिउँसो बसेको संयन्त्रको बैठकले प्रदेश गठबन्धनका विषयहरु टुंगोमा पुर्याउने जनाएको छ। नेपाली काँग्रेस प्रदेश सभापति अमर पुनको नेतृत्वमा प्रदेशस्तरको संयन्त्र गठन भएको थियौ । उक्त संयन्त्रले फेरि पाँच दलका प्रतिनिधिहरू राखेर कार्यदल गठन गरेको हो ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  १० : १४ बजे