२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्रबाट हमालको उम्मेदवारी दर्ता



धनगढी ।

धनगढी उपमहानगरपालिकाको मेयरमा व्यवसायी गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्। बाजागाजा र समर्थकको जुलुससहित धनगढीस्थित मुख्य निर्वाचन कार्यालयमा पुगेर हमालले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्ता भएपछि प्रतिक्रिया दिँदै हमालले धनगढीका नागरिकको चाहनाअनुसार आफू मेयरको प्रतिस्पर्धामा उत्रिएको बताए। ‘म आफू चुनाव लडेको होइन। धनगढीका जनताको चाहनाको प्रतिबिम्ब र प्रतिनिधिका रुपमा म अघि सरेको हुँ’ हमालले भने, ‘जनताको विश्वास नै मेरो जित्ने आधार हो।’

धनगढीको मेयरमा हमालको पहिलो उम्मेदवारी परेको हो। यही ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ११ र १२ बैशाखमा मनोनयन दर्ताको समय निर्धारण गरेको छ। २०७४ को निर्वाचनमा हमाल नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडसँग पराजित भएका थिए। वड १४ हजार ३२४ मत ल्याएर विजयी हुँदा हमालले ११ हजार ५२७ मत ल्याएका थिए। त्यतिबेला धनगढीमा माओवादीका उम्मेदवार तेस्रो र एमालेका उम्मेदवार चौथो भएका थिए।

सत्तारुढ गठबन्धनबाट अहिले पनि मेयरमा वडनै दोहोरिने निश्चित छ। यसपटक पनि हमाल र वडबीचनै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। एमालेले रणबहादुर चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  १२ : १२ बजे