५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कांग्रेसले बाणगंगाका ७ वटा वडामा उम्मेद्वार टुंग्यायो



मायादेवी अनलाइन, वाणगंगा ।

नेपाली कांग्रेस बाणगंगा नगरपालिकाले ७ वटा वडामा सर्वसम्मत रुपबाट वडा अध्यक्षको उम्मेद्वारी टुङ्गो लगाएको छ ।
नेपाली कांग्रेसले ११ वटा वडाहरु मध्ये बाणगंगा नगरपालीकाका ७ वटा वडामा नेपाली कांग्रेसले वडा अध्यक्षको टुङ्गो लगाएको छ ।

जसमा वडा नं १ बाट सञ्जुकुमार सारु, वडा नं २ मा रत्न बहादुर कार्की, वडा नं ५ मा दुनिका भुसाल, वडा नं ७ मा कुमार खड्का, वडा नं ८ मा कृष्ण प्रसाद पोख्रेल, वडा नं १० मा रामनक्षत्र चौधरी र वडा नं ११ मा नरेन्द्र चौधरीलाई वडा अध्यक्षमा सर्वसम्मत रुपबाट सिफरिस गरेको क्षेत्रिय सभपति दुर्गा केसीले जानकारी दिनुभयो ।

त्यस्तै क्षेत्रीय सभापति केसीले नगर प्रमुख र उप–प्रमुख सहित अन्य वडामा आज रातिसम्म टुङ्गो लाग्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  ३ : ३४ बजे