५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

एमालेले टुंग्यायोे कपिलवस्तुका ४ पालिकाका उम्मेदवार



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एमाले) कपिलवस्तुले राजमार्ग क्षेत्रका ४ वटा पालिकामा मेयर, उप-मेयरको उम्मेद्वारी टुङ्ग्याएको छ । जस अनुसार बाणगंगामा मेयरमा चक्रपाणी अर्याल र उप-मेयरमा रिता थारु, बुद्धभूमिको मेयरमा पिताम्वर खनाल र उप-मेयरमा मञ्जु थारु शिवराजको मेयरमा महादेव पोखरेल र उप-मेयरमा शिवकुमारी थारुले एमालेवाट उम्मेद्वारी पाउनु भएको छ ।

यसैगरी विजयनगरको अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी थारुले उम्मेद्वारी पाउनु भएको छ । अन्य पालिकाको हकमा कतिपयमा नटुंगिएको र कतिपयमा मेयर टुंगिए पनि उप-मेयर टुंगाउन बाँकी रहेको भन्दै विवरण सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  ३ : ४२ बजे