५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कांग्रेसले टुङ्गायो कपिलवस्तुका ४ पालिकाका उम्मेद्वार



कपिलवस्तु ।

नेपाली कांग्रेस कपिलवस्तुले ४ वटा गाउँपालिकाको प्रमुख र उप-प्रमुखको नाम टुंगोे लगाएको छ । चन्द्रौटामा भएको बैठक पछि शुद्धोधन, मायादेवी, बिजयनगर र यशोधरा गाउँपालिका प्रमुख र उप-प्रमुखको नाम टुंगो लागेको कांग्रेसका जिल्ला प्रबक्ता ईश्वरी पाण्डेयले जानकारी दिए ।

मायादेवी गाउँपालिकाको प्रमुखमा वलीउद्दीन मुसलमान र उप-प्रमुखमा सरस्वती यादव, शुद्धोधन गाउँपालिकाको प्रमुखमा रामनयन यादव र उप-प्रमुखमा सुधादेवी पाण्डेय, बिजयनगर गाउँपालिकाको प्रमुखमा रफिक मुसलमान र उप प्रमुखमा निशा थारुले टिकट पाएका हुन ।

यस्तै यशोधरा गाउँपालिकामा अनुप पाण्डेय प्रमुख र प्रेमलता भट्ट उप-प्रमुखमा टिकट पाएका छन् । यस अघि पनि उम्मेदवार बनेको बलीउद्दीन थारै मतले मात्र पराजित भएका थिए ।

यस्तै यस अधि मधेसी जन अधिकार फोरमबाट लडेका रामनयन यादव पनि झिनो मतले चुनाव हारेका थिए । सुधादेवी पाण्डेय भने यस अघिको निर्वाचनमा उप-प्रमुखमा निर्वाचित भएकी थिईन ।

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  ६ : ०१ बजे