५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वाणगंगाको तीन दलीय गठबन्धनमा माओवादी थपियो, यस्तो छ मेयर, उपमेयरसहित वडाध्यक्षको सिट बाँडफाँड



मायादेवी अनलाइन, वाणगंगा ।
अन्ततः कपिलवस्तुको वाणगंगा नगरपालिकामा चार दलीय गठबन्धन बनेको छ । आइतबार भएको नेकपा (माओवादी केन्द्र), नेकपा (एस), जसपा, नेपाल र राष्ट्रिय जनमोर्चा बीचको छलफल पछि वाणगंगामा चार दलीय गठबन्धन बनेको हो ।

शनिबार मात्र एकीकृत समाजवादीसहित जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरि चुनावी तालमेलको घोषणा गरेका थिए । तीन दलको सहमति अनुसार जनमोर्चालाई मेयर र समाजवादीलाई उप-मेयरसहित वडाध्यक्षमा सबै दलको प्रतिनिधित्व थियो । तर, तीन दलले सबैभन्दा ठूलो घटक माओवादीसंग वाणगंगामा चुनावी तालमेल गर्नुपर्ने निष्कर्ष निकाल्दै माओवादीलाई मेयर र समाजवादीलाई उप मेयर दिएर चुनावी गठबन्धन गर्ने सहमति गरेका छन् ।

चार दलको संयुक्त बैठकले उक्त सिटको बाँडफाँड गरेको हो । चार दलीय सहमति अनुसार ११ वटा वडा मध्ये १० वडामा पनि सिटको तालमेल समेत भएको छ । जस अन्तर्गत वडा नं. १ मा जसपाले वडाध्यक्ष पाउने भएको छ ।

यस्तै वडा नम्बर २ मा जनमोर्चाको वडाध्यक्ष, वडा नम्बर ३ मा माओवादीको वडाध्यक्ष, वडा नम्बर ४ मा समाजवादीको वडाध्यक्ष, वडा नम्बर ५ मा माओवादीको वडाध्यक्ष, वडा नम्बर ६ मा जनमोर्चाको वडाध्यक्ष रहने गरि सहमति भएको समाजवादीका नेता दिपक पन्थीले जानकारी दिनुभयो ।

यसैगरि वडा नम्बर ७ मा माओवादीको वडाध्यक्ष, वडा नं. ९ मा जनमोर्चाको वडाध्यक्ष, वडा नम्बर १० मा माओवादीको वडाध्यक्ष र वडा नम्बर ११ मा माओवादीको वडाध्यक्ष रहने गरि चार दल बीच सिट बाँडफाँड भएको छ ।

चार दलीय गठबन्धन बीच वडा नम्बर ८ मा भने कस्ले वडाध्यक्ष पाउने भन्ने अझै निर्णय भैसकेको छैन् । यस वडामा माओवादी र समाजवादी दुवैको दावी छ । दुवै दल बीच सोमबार विहान बसेर निचोडमा पुग्ने सहमति भएको छ ।

आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तरगत आइतबार र सोमबार उम्मेद्वारको मनोनयन दर्ताको समय थियो । यद्यपि आइतबार मनोनयन दर्ता कसैले नगरे पनि सोमबार चार दलीय गठबन्धनले साझा रुपमा उम्मेद्वार टुङ्ग्याएर मनोनयन दर्ता गर्ने योजना बनाएका छन् ।

केन्द्रीय सत्ता गठबन्धन बीचमा ५ दल मध्ये वाणगंगामा कांग्रेस एक्लै लड्न तयार भएपछि चार दल बीच गठबन्धन भएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  ९ : ३२ बजे