२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बाणगंगा ४ को वडाअध्यक्षमा एमालेबाट छवि रेश्मी मगर उम्मेदवार



मायादेवी अनलाइन, जितपुर ।

नेकपा एमालेले बाणगंगा नगरपालिका वडा नं ४ मा छविरेस्मी मगरलाई अध्यक्षको उम्मेद्वार बनाउने भएको छ । युवा नेता रेश्मीलाई एमालेले वडा अध्यक्षको टिकट दिएको हो । पार्टीले टिकट दिएपछि उहाले अब जित हासिल गर्दैै वडा नम्बर ४ लाई जिल्लाकै समृद्ध वडा बनाउने बताउनुभयो । रेश्मीले वडाको विकास एवम् समृद्धिका लागि आफ्नो उम्मेद्वारी रहने बताउनुभएको छ । रेश्मी लामो समयदेखि कुशल युवा नेतृत्वका रुपमा स्थापित हुनुहुन्छ ।

वडालाई भ्रष्टाचार मुक्त वडा बनाउँदै जनतालाई शुसानको प्रत्याभूति दिलाउने उहाँले जिकीर गर्नुभयो । वडा नं ४ मा नेपाली कांग्रेसले २०७४ सालको स्थानीय तहको निर्वाचनमा जित हात पारेको थियो । अहिले त्यो नतिजालाई उल्टाउन आफु सक्षम रहेको उहाँले दाबी गर्नुभयो । उहाँले वडालाई देशभरका सबै वडाहरु मध्ये एक नम्बरको सर्वोत्कृष्ट वडा बनाउने घोषणा समेत गर्नुभएको छ । वडाका सम्पूर्ण अग्रज नेता कार्यकर्ताको समेत आफुलाई साथ सहयोग मिल्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभएको छ । मगर कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९ सोमबार ००:००  १२ : ५० बजे