२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तुको बुद्धभूमिमा जिपको ठक्करबाट बालिकाको मृत्यु



मायादेवी अनलाइन, बुद्धभुमी ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ ईमिलियामा आइतबार बेलुकी जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय शान्ति परियारकी ६ वर्षीया छोरी एल्बिना परियार रहेकी छिन् । जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

हिजो बेलुकी साढे ८ बजे पैदल हिडिरहेकी उनलाई लु ३ च ३०८९ नम्बरको जिपले ठक्कर दिएको थियो । जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९ सोमबार ००:००  १ : ३९ बजे