कपिलवस्तु ।
अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी फैजल खाँले कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादीबाट उनले पकडीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । भैसकुण्डास्थित घरबाट उनी समर्थक नेता कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न पुगेका थिए ।
उम्मेदवारी दर्तापछि २९ वर्षे क्रिकेटर खाँले क्रिकेटमा जसरी नै राजनीतिमा पनि राम्रो काम गरेर नाम राख्ने बताए । ‘नयाँ योजना र उद्देश्यले काममा लाग्छु’ उनले भने ‘यो नै मेरो जितको आधार हो ।’ मायादेबी गाउँपालिका २ का खाँ यु १९ का अन्तर्राष्ट्रिय खेलाडी हुन् ।
सन् २०११ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका उनी सन् २०१६ सम्म नेपालको प्रतिनिधित्व गर्दै विभिन्न ६ मुलुकमा गएर खेलका थिए । गत २०७४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्यमा पनि उनी निर्वाचन लडेका थिए ।
प्रतिक्रिया