२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

समाजवादीबाट उम्मेदवारी दिएका डोल्पाका दुई पालिका र ६ वडा अध्यक्ष निर्विरोध



काठमाडौँ ।

डोल्पाका दुई पालिकाको अध्यक्ष र एक पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
काइके गाउँपालिकामा अङ्गत राना र छार्का ताम्सोङ गाउँपालिकामा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका हुन्।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतमका अनुसार डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्षमा पनि समाजवादीका उम्मेदवार निर्विरोध भएका छन्। गौतमका अनुसार त्यसै पालिकाको ६ वटा वडाका अध्यक्ष पनि समाजवादीकै निर्विरोध भएका छन्।

प्रकाशित मिति : १२ बैशाख २०७९ सोमबार ००:००  ७ : ०१ बजे