७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

स्थानीय चुनावमा २० हजार बढी पर्यवेक्षक खटिने



काठमाण्डौ ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि २० हजार जनाभन्दा बढी पर्यवेक्षक खटिने भएका छन्।

निर्वाचन आयोगमा पर्यबेक्षकका लागि ६८ वटा संस्थाले अनुमति लिएका थिए। ती संस्थाबाट २० हजार बढी पर्यबेक्षक चुनावमा खटिने भएका छन्।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ६८ संस्थाबाट पर्यवेक्षकका लागि २० हजारभन्दा बढीको प्रस्ताव आएको छ।

अब ती प्रस्तावमाथि चेकजाँच गरेर आयोगले पर्यबेक्षक हुनका लागि परिचय पत्र पनि जारी गर्नेछ।

साथै आयोगले कुन पर्यवेक्षक कुन मतदानस्थलको पर्यवेक्षणका लागि जाने हो भन्नेसमेत खुलाइदिने भएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७९ मंगलबार ००:००  ७ : ३९ बजे