८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025

१० वटै स्थानीय तहमा एमाले कपिलवस्तुको उम्मेद्वारी



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एमाले) कपिलवस्तुले जिल्लाका १० वटै स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेद्वारी दर्ता गरेको जनाएको छ ।

नेकपा (एमाले) कपिलवस्तुले बाणगंगा नगरपालिकाको नगर प्रमुखमा चक्रपाणी अर्याल, उप-प्रमुखमा रिता थारु, कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमामा डा.राजेश कुमार गुप्ता, उप-प्रमुखमा तुल्सादेवी पाण्डे, बुद्धभूमि नगरपालिकाको प्रमुखमा पिताम्बर खनाल, उप-प्रमुखमा मञ्जु थारु, शिवराज नगरपालिकाको नगर प्रमुखमा महादेव पोख्रेल, उप-प्रमुखमा शिव कुमारी थारु, कृष्णनगर नगरपालिकाको नगर प्रमुखमा कुनाल प्रताप शाह, उप-प्रमुखमा विम्लेश मौर्या, महाराजगञ्ज नगरपालिकाको नगर प्रमुखमा रामदास चौधरी, उप-प्रमुखमा धानमती यादव रहेको एमाले कपिलवस्तुले जनाएको छ ।

त्यस्तै एमालेको तर्फबाट विजयनगर गाउँपालिकाको अध्यक्षमा गोपाल बहादुर थापा, उपाध्यक्षमा लक्ष्मी थारु, शुद्धोधन गाउँपालिकाको अध्यक्षमा बिनोद चौधरी, उपाध्यक्षमा जलिमुन्निसा मुसलमान, मायादेवी गाउँपालिकाको अध्यक्षमा जगरनाथ कुर्मी, उपाध्यक्षमा भिमा कमारी पासी, यशोधरा गाउँपालिकाको अध्यक्षमा शिवराज तिवारी र उपाध्यक्षमा गुुन्जा मौर्याको उम्मेद्वारी मनोनयन दर्ता गरिएको एमाले कपिलवस्तुले जनाएको छ ।

त्यस्तै जिल्लाका १० वटै स्थानीय तहका वडा अध्यक्ष तथा वडा सदस्यमा समेत उम्मेद्वारी दर्ता गरिएको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९ मंगलबार ००:००  ८ : २४ बजे