२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

कपिलवस्तुको बुद्धभूमीबाट को को हुन कांग्रेसका उम्मेदवार ?



मायादेवी अनलाइन, बुद्धभूमी

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बुद्धभूमी नगरपालिकामा केशव कुमार श्रेष्ठको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । नगर प्रमुखमा केशव कुमार श्रेष्ठ र उप प्रमुखमा मिरा थारुको मनोनयन दर्ता भएको छ । केशव कुमार श्रेष्ठ निवर्तमान नगर प्रमुख हुन् ।

नेपाली कांग्रेसका पुराना नेता हालै सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा उनी क्षेत्र नं २ मा धेरै मत मन्तरले सभापतिमा निर्वाचित समेत भएका छन् । पार्टीका विभिन्न पदमा बसेर सङ्गठन निर्माण र जनताको काम गर्ने नेताको रूपमा अब्बल रूपमा साबित भएका नेता हुन् ।

विभिन्न कार्यक्रममा समयमा उपस्थिति हुने र योजना निर्माण र कार्यान्वयन सबल रूपमा जिल्लामै चिनिएका नेता हुन । जनताको घरदैलोमा रमाउने नेताको रूपमा स्थापित नेता हुन् । बुद्धभूमी १ मा उनको निवास रहेको छ ।

त्यस्तै उप मेयरमा मिरा थारु पनि निवर्तमान नगर उप प्रमुख हनु थारु समुदायमा दरिलो प्रभावका रूपमा रहेकी थारु सङ्गठनमा प्रदेश प्रतिनिधि हुन् । बुद्धभूमी २ निवासी थारु लामो समयसम्म सङ्घ संस्थामा बसेर काम गर्नुका साथै महिला हक अधिकारको क्षेत्रमा काम गर्ने अब्बल अधिकारकर्मीको रूपमा परिचित छन् ।

वडा नं १ तेज तिलक बस्नेत वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । बस्नेत निवर्तमान वडा अध्यक्ष हुन् युवा नेताको रूपमा परिचित बस्नेत सङ्गठनको महाधिवेशन प्रतिनिधि हुन् । वडा नं २ मा सुरज प्रताप राणाले उम्मेदवारी दिएका छन् उनी सङ्गठनको नगर उप सभापति हुन् ।

अघिल्लो निर्वाचनमा मतले पराजित राणा दरिलो प्रतिस्पर्धात्मक रूपमा उत्रिएका छन् । त्यस्तै वडा नं ३ मा नारायण पाण्डे उम्मेदवारी दिएका छन् । उता वडा नं ४ मा पवन थारुले उम्मेदवारी दिएका छन् । उनी पनि निवर्तमान वडा अध्यक्ष हुन् । पार्टीमा उनी क्षेत्र नं २ क को प्रदेश सचिव हुन् ।

कपिलवस्तु बहुमुखी क्याम्पसमा अध्ययनबाट नै विद्यार्थी नेता स्वतन्त्र विद्यार्थी युनियनका विभिन्न पदमा रहेर काम गर्दे आएका युवा नेता थारु समुदायमा जिल्लामै परिचित नेता हुन् ।

त्यस्तै वडा नं ५ मा वेचन प्रसाद यादव उम्मेदवारी दिएका छन् । उनी निवर्तमान वडा अध्यक्ष हुन् । वडा नं ६ मा यलेन्द्र प्रसाद कुर्मी राजु ले उम्मेदवारी दिएका छन् उनी अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भएका थिए ।

वडा नं ७ मा रावेन्द्र सिंहले उम्मेदवारी दिएका छन् । उनी सङ्गठनमा क्षेत्र नं २ प्रदेश सभा क को सभापति हुन् । विगत देखी नै सामाजिक क्षेत्रमा काम गर्दै आएका सिंह परिवार विद्यालय तथा अस्पताललाई जग्गा दिने जग्गा दाता पनि हुन् ।
त्यस्तै वडा नं ८ मा कपिलदेव तिवारीले उम्मेदवारी दिएका छन् । उनी निवर्तमान वडा अध्यक्ष हुन जनतामा लोकप्रिय नेता सङ्गठनको लुम्बिनी प्रदेश सदस्य हुन् । वडा नं ९ मा प्रमोद आचार्यले उम्मेदवारी दिएका छन् युवा नेता र समाजसेवीको रूपमा चिनिन्छन् ।

त्यस्तै वडा नं १० मा राधेश्याम चौधरीले उम्मेदवारी दिएका छन् । युवा समाजसेवी चौधरी इन्जिनियर समेत हुन् । सङ्गठन नगर उपसभापति समेत हुन् विगतको निर्वाचनमा बुद्धभूमीबाट प्रमुख उप प्रमुख सहित १० वडा मध्ये ५ वडा अध्यक्ष कांग्रेस वाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९ मंगलबार ००:००  २ : १३ बजे