४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

मोटरसाइकलको ठक्करबाट कपिलवस्तुमा पैदलयात्रीको मृत्यु



कपिलवस्तु ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७५ बर्षीय पंचम अहिर रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान साढे १० बजे तौलिहवाबाट गोपालपुर तर्फ जाँदै गरेको यू पि ५५ एक्स ९१८० भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेका अहिरलाई ठक्कर दिएको थियो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९ मंगलबार ००:००  ५ : २० बजे