५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुमा ३ हजार ५ सय ८३ जनाको उम्मेद्वारी, सबैभन्दा बढी कृष्णनगरमा



दीपा महत, जितपुर ।

यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा विभिन्न पदमा ३ हजार ५ सय ८३ जनाको उम्मेद्वारी परेको छ । जिल्ला निर्वाचन कार्यलयबाट प्राप्त जानकारी अनुसार ३ हजार ५ सय ८३ जनाको उम्मेद्वारी परेको हो ।

नगर तथा गाँउपालिका प्रमुखमा १ सय ५२ जना र उप–प्रमुखमा १ यस १४ जनाको उम्मेद्वारी परेको छ । पालिकाका वडा अध्यक्षमा ८ सय २० जना, महिला सदस्यमा ६ सय ७० जना, दलित महिला सदस्यमा ५ सय ९३ जना र १ हजार २ सय ३३ जनाको सदस्यमा उम्मेद्वारी परेको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले जानकारी दिनु भयो । पन्थीका अनुसार सबैभन्दा बढी कृष्णनगरमा ६५१ जनाको उम्मेद्वारी परेको छ । कृष्णनगर प्रमुखका लागि मात्र ३२ जनाको उम्मेदवारी परेको कृष्णनगरका निर्वाचन अधिकृत सुमन पाण्डेले जानकारी दिनुभयो ।

कृष्णनगरमा उपप्रमुखका लागि २४ जनाको उम्मेद्वारी परेको छ । १२ वटा वडा रहेको सो नगरमा वडाअध्यक्ष पदका लागि १ सय ४८ जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । यसैगरी सदस्यका लागि २ सय ४१, महिला सदस्यका लागि १ सय ४ र दलित महिला सदस्यका लागि १ सय २ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी शिवराज नगरपालिकामा ३ सय ८१ जनाको उम्मेदवारी परेको छ । शिवराजमा नगरप्रमुखका लागि ११ र उपप्रमुखका लागि १० जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृत कृष्णचन्द्र पाण्डेले जानकारी दिनुभयो । ११ वटा वडा रहेको शिवराजमा वडाअध्यक्षका लागि ८५ जनाको उम्मेद्वारी परेको छ भने वडा सदस्यका लागि १ सय ४० , महिला सदस्यमा ७२ र दलित महिला सदस्यमा ६३ जनाको उम्मेद्वारी परेको छ ।

कपिलवस्तु नगरपालिकामा प्रमुखका लागि ९, उपप्रमुखका लागि ८ जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षमा ८३, सदस्यमा ५३, महिला सदस्यमा १३९ र दलित महिला सदस्यमा ८८ जना सहित ३ सय ८० जनाको उम्मेद्वारी दर्ता भएको छ ।

यसैगरी वाणगंगा नगरपालिकामा २ सय ७८ जनाको उम्मेद्वारी परेको छ । नगर प्रमुखमा १२ र उपप्रमुखमा ७ जनाको उम्मेद्वारी परेको हो । ११ वडा वडा रहेको यँहा वडाअध्यक्ष पदका लागि ७१ जनाको उम्मेद्वारी परेको छ भने सदस्यका लागि ९९, महिला सदस्य ४६ र दलित महिला सदस्यमा ४३ जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृत टेकराज अर्यालले जानकारी दिनुभयो ।

बुद्धभूमि नगरपालिकामा २ सय ६८ जनाको उम्मेद्वारी परेको छ १० वटा वडा रहेको यस नगरमा प्रमुखमा १४ र उपप्रमुखमा १० जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृत मोहन पाण्डेले जानकारी दिनुभयो । बुद्धभूमिमा वडाअध्यक्ष पदका लागि ७१ जनाको उम्मेद्वारी परेको छ भने सदस्यका लागि ९८, महिला सदस्य ३८ र दलित महिला सदस्यमा ३७ जनाको उम्मेद्वारी परेको पाण्डेले बताउनुभयो ।

जिल्लाको महाराजगगंज नगरपालिकाको प्रमुखमा ११ र उपप्रमुखमा ८ जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षमा ७३, सदस्यमा १ सय ४०, महिला सदस्य ६० दलित महिला सदस्य ५६ गरी ३ सय ४८ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत कुवेर पाण्डेले जानकारी दिनुभयो ।

यसैगरी ४ वटा गाँउपालिका रहेको जिल्लामा सबैभन्दा बढी मायादेवी गाँउपालिकामा उम्मेदवारी दर्ता भएको छ । मायादेवी गाँउपालिका अध्यक्षका लागि २४ र उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ भने वडाअध्यक्षका लागि ७८, सदस्यमा १ सय २७, महिला सदस्यमा ६० र दलित महिला सदस्यमा ५९ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत रत्नप्रकाश गिरीले जानकारी दिनुभयो ।

यशोधारा गाँउपालिकामा २ सय ५० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । अध्यक्षका लागि ११, उपाध्यक्षका लागि १०, वडाअध्यक्षका लागि ५५, सदस्यका लागि ८८, महिला सदस्य र दलित महिला सदस्यका लागि ४३–४३ जनाको उम्मेद्वारी परेको हो ।

जिल्लाको पश्चिमी क्षेत्रमा रहेको विजयनगर गाँउपालिकामा अध्यक्षमा १२, उपाध्यक्षमा १४, वडा अध्यक्षमा ७७, सदस्यमा १२४, महिला सदस्यमा ५२ र दलित महिला सदस्यमा ४५ गरी ३ सय २३ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

शुद्धोधन गाँउपालिकामा पनि ३ सय ४५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । यँहा अध्यक्षका लागि धेरै उम्मेदवारी परेको छ । शुद्धोधन अध्यक्षमा १६, उपाध्यक्षमा १२ र वडा अध्यक्षमा ८० जनाको उम्मेदवारी परेको छ । यसैगरी सदस्यमा १२३, महिला सदस्य र दलित महिला सदस्यमा ५७–५७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।

१० वटा पालिका रहेको कपिलवस्तुमा ६ वटा नगर पालिका र ४ वटा गाँउपालिका रहेका छन् । यहि बैशाख ३० गतेको निर्वाचन पछि जिल्लामा ५ सय जनप्रतिनिधी निर्वाचित हुने छन् भने २६ जना मनोनित हुने छन् । आयोगले स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिएको थियो ।

तर कपिलवस्तुमा मंगलबार साँझ मात्र मनोनयन दर्ता कार्य सम्पन्न भएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९ मंगलबार ००:००  ७ : ३९ बजे