२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

वाणगंगा ४ मा चुनाव जित्नु छ त्यसैले ‘गठबन्धन’ को प्रस्ताव स्विकारेँ



मायादेवी अनलाइन, चारनम्बर ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा मैले १ महिना अघिदेखि नै स्वतन्त्रतर्फबाट उम्मेद्वारी घोषणा गरेको यहाँ सबैलाई सर्वविदितै छ ।

अस्वस्थ दलीय राजनीतिको छापले जकडिएको यस ठाउँमा एक पत्रकारले स्वतन्त्रतर्फ उम्मेदवारी दिन आँट गरेकोमा धेरैले बधाई र शुभकामना पनि दिनुभयो । त्यसले मलाई उत्साहित पनि बनाएको थियो । मेरो प्रचार रफ्तारममा थियो नै । भन्ने हो भने कपिलवस्तुमा निर्वाचनको माहोल मेरो स्वतन्त्र उम्मेद्वारी पछि नै बनेको थियो । बिभिन्न राजनैतिक दलका तर्फबाट को कस्ता उम्मेद्वार आउँछन् ? यस वडामा सबैमा जिज्ञासा थियो अर्को तर्फ । वैशाख ११ र १२ गते मनोनयनको दिन पनि आइरहेको थियो । यस बीचमा धेरैले पछि नहट्न पनि मलाई सुझाउनु् भएको थियो ।

मनोनयन मिति नजिकिँदै गर्दा चुनावी माहोल उस्तै थियो । त्यसपछि दलका तर्फबाट पनि उम्मेदवारको चर्चा सुरु भयो । वैशाख १० गते साँझसम्म दलकातर्फबाट आउने व्यक्ति पनि निश्चित भए । त्यतिबेलासम्म पनि म आफ्नो प्रचार प्रसारमै थिएँ । त्यति बेलासम्म पनि म कतै तोडमोड थिइनँ । उम्मेदवार मनोनयनको लागि चाहिने कागजपत्र र फारम भरेर म अन्तिम अवस्थामा थिएँ ।

यो बीचमा बाणगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच गठबन्धनको अन्तिम कसरत भइरहेको रहेछ । त्यहीँ अनुरुप माओवादी केन्द्रको नेतृत्वमा नगरमा जाने र वडाहरुमा पनि भागवण्डा गर्ने सहमति भए छ ।

यस अनुसार मेयरमा माओवादी केन्द्रबाट देवराज अर्याल, उपमेयरमा नेकपा एसबाट कमल भट्टराई, वडा अध्यक्षहरुः वडा नम्बर १ मा छाता चिन्हबाट चोपलाल राहुल मगर, वडा नं. २ मा गिलास चिन्हबाट मान बहादुर सिंजापति मगर, वडा नं. ३ मा गोलाकार भित्रको हसिया हथौँडाबाट टेक बहादुर झेँडी मगर, वडा नं. ५ मा गोलाकार भित्रको हसिया हथौँडाबाट जयकरण थारु, वडा नं. ६ मा गिलासबाट रामप्रसाद बेलबासे, वडा नं. ७ मा छाता चिन्हबाट नेत्र गिरी, वडा नं. ८ मा गोलाकार भित्रको हसिया हथौँडाबाट हुमनाथ पौडेल, वडा नं. ९ मा गोलाकार भित्रको हसिया हथौँडाबाट कुमार मधु बेलबासे, वडा नं. १० मा गोलाकार भित्रको हसिया हथौँडाबाट हात्तीराम विटारु र वडा नं. ११ मा गोलाकार भित्रको हसिया हथौँडाबाट सोमनाथ अर्याल सहमति भएको रहेछ ।

बाणगंगाका वडामध्ये सबैभन्दा चर्चाको वडा वडा नम्बर ४ नै थियो । यो क्षेत्रमा आमुल परिवर्तनको खाँचो छ । आर्थिक, शैक्षिक, सामाजिक, ब्यापारिक, र ब्यवसायिक केन्द्र, बसाईसराइको उच्च दर, मिडियाको उर्वरभूमि यो वडा । रोजगारी सिर्जना, जनताको जीवनस्तर उकास्नु लगायतमा यहाँ रकेट गतिमा काम गर्न जरुरी छ ।

यही सत्यलाई मध्यनजर गर्दै गठबन्धनसंग उम्मेदवार उठाउन लागि परेको रहेछ । यहाँ गठबन्धनबाट को उठ्ने त्यो पनि छलफल चलिरहेको रहेछ । लामो समयको रस्साकस्सीपछि उहाँहरुले मलाई कलम चिन्हमा चुनावमा होमिन प्रस्ताव राख्नु भयो । त्यसपछि मैले निकै बेर सोँचे । र कलम चिन्हबाट लड्ने निधो गरेँ । किनकि यहाँ लड्नु मात्रै छैन जित्नु छ । जित्न स्वतन्त्रतर्फबाट भन्दा गठबन्धनबाट सम्भव छ । त्यही अनुरुप वडा नं. ४ बाट कलम चिन्हमा लड्नु पर्ने भयो ।

यो मेरो लागि ठुलो अवसर पनि हो । यस्तो अवसर अब ५ बर्षपछि आउला नआउला । पार्टीमा लामो समय काम गर्नुभएका गठबन्धनमा आवद्ध चार दलका पाका नेताहरुको तुलनामा म सानै र कम अनुभवी ब्यक्ति हुँ । नैतिक रुपमा मलाई असजिलो महसुस भएको पनि छ । किनकि माओवादी केन्द्रमा उस्तै पाका र अनुभवी नेताहरु अनि उस्तै गुण र प्रकृतिका राष्ट्रिय जनमोर्चा, नेकपा एस अनि उस्तै गरी एकसे एक नेताहरु जनता समाजवादी पार्टीमा हुनुहुन्छ ।

उहाँहरुले मेरो के त्यस्तो गुण देखेर यति ठुलो अवसर दिनुभयो मलाई थाहा भएन् तर स्वतन्त्र भनेर स्वाभिमानकै लागि यो अवसर गुमाउनु मेरो लागि पनि फाइदाजनक थिएन भने यति धेरै दल र र पाका नेतृत्वले गरेको स्विकार्यताको अपमान पनि हुन्थ्यो त्यसो गरेको भए । त्यसैले ओके गरेँ र कलम चिन्हमा लड्ने फाइनल भयो । यसो गर्दा स्वाभिमान मात्र होइन विपक्षीमाथि जित हासिल गर्न सकिन्छ भन्ने निष्कर्ष पनि निकाल्यौँ ।

उसो त अन्य ठुला पार्टीबाट टुङ्गिएका उम्मेदवार पनि त्यति स्वच्छ छैनन् । हामीले राम्ररी मिहिनेत गरे उनीहरु विरुद्ध जित हासिल गछौँ र विकास के हो बाणगंगाबाट देखाउँछौँ भन्ने निष्कर्षका बीच टिम बनाएर मनोनयनको अन्तिम घडीमा निर्वाचन आयोगको बाणगंगा नगर कार्यालयमा पुगेर मनोनयन दर्ता गरायौँ । यो दल प्रवेश गरेकोे नभएर चिन्ह मात्र लिएको हो । किनकि यहाँ हामीलाई जित्नु छ यथास्थितिविरुद्ध । यसलाई नकारात्मक रुपमा नबुझ्न अनुरोध गर्दछु । उसो त धेरै प्राज्ञिक र शैक्षिक जगत्ले मेरो युटर्नलाई सकारात्मक रुपमा लिनु भएको छ ।

स्वतन्त्र उम्मेदवारी पछि सामाजिक संजाल अनि प्रत्यक्ष भेटघाटबाट यति धेरै माया र प्रोत्साहन पाएको थिएँ कि कतिखेर त चुनाव जित्छु लाग्थ्यो । तर यथार्थमा यो स्वाभिमानको लडाई मात्र थियो चुनाव जितिदैनथ्यो । यसरी गठबन्धनले नै मलाई वडा अध्यक्षमा स्विकार गर्नुहुन्छ भने किन त्यति कठिन बाटो अपनाउने भनेर कलम चनाव चिन्हबाट चुनाव लड्ने निर्णय गरेँको हुँ । म स्वतन्त्रबाट युटर्न हुनुको अर्थ यही हो ।

तपाइले जसरी पनि लिन सक्नु हुन्छ । सामाजिक संजालका सकारात्म नकारात्मक दुवै प्रकारका टिप्पणी मेरा उर्जा हुन् । म ‘म’ नै हुँ । स्वतन्त्र या अर्को चिन्हबाट चुनाव लडे पनि । यस्तो अभ्यास मुलुकमा धेरै ठाउँ देख्न पाइने छ । वडालाई शुसासनयुक्त, भ्रष्टाचारमुक्त र विकसित बनाउन अनि जनतालाई सम्मानित बनाउन कलम चिन्हले कुनै असर पार्ने छैन । चुनावमा जित हार स्वभाविक रुपमा हुन्छ । चुनाव जितेको खण्डमा तपाईको भरोसा अनुसारको काम गरेर देखाउने छु । वडालाई प्रदेशको नमुना बनाउन संगो टिम लाग्ने छ । विकाुसको खास मोडल देखाउने छौँ । अहिले यहाँले हाम्रो टिमलाई सहयोग गर्नुहोला । (शर्मासंगको कुराकानीको आधारमा)

प्रकाशित मिति : १४ बैशाख २०७९ बुधबार ००:००  ८ : ४२ बजे