५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बुटवलमा वडा अध्यक्ष उठेका ५ जना विरुद्ध उजुरी



बुटवल ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बुटवल उप महानगरपालिकामा वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका ५ जना विरुद्ध उजुरी परेको छ । पाँच वडाअध्यक्षसहित विभिन्न पदमा उम्मेदवारी दिएका ९ जना विरुद्ध बुटवलमा उजुरी परेको हो ।

निर्बाचन अधिकृतको कार्यालय बुटवलका अनुसार बुटवल वडा नम्बर २ का अध्यक्ष उम्मेदवार रमेश नेपाललाई आत्महत्या प्रयास गरेको भन्दै उजुरी परेको छ । गत चुनावमा एमालेबाट वडाअध्यक्ष निर्वाचित उनले २०७६ साल भदौ २१ गते आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको तथा अख्तियारमा मुद्दा रहेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

यस्तै नेपाली कांग्रेसबाट बुटवल ११ को वडा अध्यक्षमा उम्मेदवारी दिएका जीतबहादुर मल्ल प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था तथा विद्युत सहकारी संस्थामा अध्यक्ष भएको भन्दै उजुरी परेको छ । निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसबाट बुटवल ११ को वडाअध्यक्षमा उम्मेदवारी दिएका जीतबहादुर मल्ल प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था तथा विद्युत सहकारी संस्थामा अध्यक्ष भएको भन्दै उजुरी परेको हो ।

बुटवल निर्वाचन अधिकृतको कार्यालले मंगलबार साँझ पाँच बजेसम्म उजुरी गर्ने समय तोकेको थियो ।

कांग्रेसबाटै वडा न। ४ मा उम्मेदवारी दिएका नरिश्वर शर्माविरुद्ध टोल विकास संस्थाको अध्यक्ष भएको भन्दै उजुरी परेको छ । त्यसैगरी अन्य वडाअध्यक्ष र सदस्यहरुलाई टोल समिति, बस्ती विकास समितिमा रहेको र आर्थिक दुरुपयोग गरेको भन्दै उजुरी परेको हो ।

यसैगरी वडा नम्बर १ नेपाली काँग्रेसकोतर्फबाट अध्यक्षका उम्मेद्वार माधवप्रसाद प्रधान तथावडा नम्बर १२ अध्यक्ष उम्मेद्वार दिल्लीप्रसाद उपाध्यायमाथि उजुरी परेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९ बुधबार ००:००  १२ : ०४ बजे