८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुमा ७५ दशमलव २५ प्रतिशत मतदान



मायादेवी अनलाईन, कपिलवस्तु

शुक्रबार कपिलवस्तुको १० मध्ये नौ पालिकामा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कपिलवस्तुमा ७५ दशमलव २५ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ज्ञानुराम पन्थीका अनुसार जिल्लाभर ७५ दशमलव २५ प्रतिशत मत खस्न सफल भएको हो।

जिल्लाका ९ पालिकामा भएको निर्वाचनमा सबैभन्दा बढी बुद्धभूमि नगरपालिकामा ७७ दशमलव ३६ प्रतिशत मत खसेको छ। त्यहाँ कुल मतदाता ४५ हजार ३४१ मध्ये ३५ हजार ७५ मत खसेको हो।

यस्तैयस्तै कृष्णनगर नगरपालिकामा ७६ दशमलव ४३ प्रतिशत खसेको छ। त्यहाँ कुल मतदाता ३६ हजार २४ मध्ये २ हजार १९० मत खसेको छ। शिवराज नगरपालिकामा ७५ दशमलव ७ प्रतिशत प्रतिशत मत खसेको छ। त्यहाँ कुल मतदाता ४४ हजार ४५८ मध्ये ३३ हजार ६५५ मत खसेको छ।

कपिलवस्तु नगरपालिकामा ७५ दशमलव ६५ प्रतिशत मत खसेको छ। त्यहाँ कुल मतदाता ४७ हजारमध्ये ३५ हजार ६१५ मत खसेका छ। वाणगंगा नगरपालिकामा ७५ दशमलव ४३ मत खसेक छ। त्यहाँ ६१ हजार १७७ मतमध्ये ४६ हजार १४७ मत खसेको छ।

शुद्धोधन गाउँपालिकामा ७३ दशमलव ४ प्रतिशत खसेको छ। यशोधरा गाउँपालिकामा ७३ दशमलव ५६ प्रतिशत खसको छ। त्यहाँ २७ हजार ७७५ मध्ये २० हजार ४२३ मत खसेको हो। विजयनगर गाउँपालिकामा ७५ दशमलव ७७ प्रतिशत मत खसेको छ। त्यहाँ २३ हजार ८०२ मतमध्ये १ हजार ३७ मत खसेको हो।

मायादेवी गाउँपालिकामा ७४ दशमलव शन्य ५ प्रतिशत मत खसेको छ। त्यहाँ ३१ हजार १६ मतदातामध्ये २२ हजार ९६८ मत खसेको छ। दिउँसो हावाहुरी आउँदा जिल्लाको वाणगंगा लगायतका अन्य पालिकामा रातिसम्म मतदान भएको थियो।

जिल्लामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रजिअ धर्मेन्द्रकुमार मिश्रले बताए। १० पालिका रहेको जिल्लामा महाराजगञ्ज नगरपालिकामा शुक्रबार मतदान हुन सकेन। कांग्रेसबाट नगर उपप्रमुखको उम्मेद्वार बनेकी शुभावती कुर्मीको निधनले महाराजगञ्जमा मतदान रोकिन पुगेको हो। आउँदो जेष्ठ ३ गते त्यहाँ निर्वाचन मिति तोकिएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  १० : २८ बजे