२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

३० पालिकाको नतिजा सार्वजनिक :१३ मा एमाले, ९ मा कांग्रेस विजयी



काठमाडौं ।

हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्। अहिलेसम्म ३० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १३ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ९ वटा स्थानीय तहमा जित हात पारेको छ।

त्यस्तै माओवादी केन्द्रले ६ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।

नेकपा एमाले विजयी भएका पालिकाहरु
मनाङको मनाङ ङिस्याङ गाउँपालिकास् अध्यक्ष कान्छा घले विजयी
मनाङको चामे गाउँपालिकास् अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकास् अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास् अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
मुस्ताङको लोमान्थाङ गाउँपालिकास् अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिकास् अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका स् अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
बझाङको साइपाल गाउँपालिका स् अध्यक्ष मानबहादुर बोहोरा विजयी
नवलपुरको बौदीकाली गाउँपालिका स् अध्यक्ष प्रकाश ओझा विजयी
बझाङको थलारा गाउँपालिकास् अध्यक्ष प्रकाश रोकाया विजयी
मुस्ताङको थासाङ गाउँपालिकास् अध्यक्ष प्रदिप गौचन
म्याग्दीको मालिका गाउँपालिकास् अध्यक्ष वेगप्रसाद गर्वुजा
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकास् अध्यक्ष यादवबहादुर खापुङ

नेपाली कांग्रेस विजयी भएका पालिकाहरुस्
मनाङको नार्पा भूमी गाँउपालिकास् कोन्जो तेन्जीङ लामा विजयी
मनाङको नासोँ गाउँपालिकास् धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिकास् मोहनसिंह लालचन विजयी
गुल्मीको रेसुङ्गा नगरपालिकामास् खिलध्‍वज पन्थी विजयी
गन्यापधुरा गाउँपालिका( अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
गुल्मीको गुल्मीदरबार गाउँपालिकास् अध्यक्ष सरोजकुमार थापा विजयी
डोटीको बडीकेदार गाउँपालिकास् अध्यक्ष भैरवबहादुर साउद विजयी
हुम्लाको खार्पुनाथ गाउँपालिका स् अध्यक्ष कर्णबहादुर रावल विजयी
बागलुङको तमानखोला गाउँपालिकास् अध्यक्ष जोकलाल बुढा

नेकपा माओवादी केन्द्र
डोल्पाको जगदुल्ला गाउँपालिकास् अध्यक्ष नारसिङ रोकाय विजयी
दैलेखको नौमुले गाउँपालिकास् अध्यक्ष छविराम सुवेदी
बाग्लुङ ताराखोला गाउँपालिका स् अध्यक्ष धनबहादुर विक
उदयपुर लिम्चुङबुङ गाउँपालिकास् अध्यक्ष मेजरकुमार राई
रोल्पाको थवाङ गाउँपालिकास् अध्यक्ष ऋषिकेशव बुढामगर
खोटाङको जन्तेढुंगा गाउँपालिकास् अध्यक्ष अरूणादेवी राई

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
डोल्पाको छार्का साङतोङ गाउँपालिकास् अध्यक्ष सेनाङ गुरुङ विजयी
डोल्पाको काइके गाउँपालिकास् अध्यक्ष अंगदकुमार राना विजयी

प्रकाशित मिति : १ जेष्ठ २०७९ आइतबार ००:००  ५ : १८ बजे