१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपालले आज कुवेतसँग खेल्दै



काठमाण्डौ ।

एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपालले आज शनिवार कुवेतसँग खेल्दैछ । खेल मलेसियाको किनरारा मैदानमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

नेपालले हिजो शुक्रवरा भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । तालिकामा नेपालको दुई अङ्क रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन भएको थियो । कुवेतसँग नेपालले यसअघि खेलेका दुई खेलमा जित निकालेको छ ।

च्याम्पियनशिपमा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह बी मा छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । नेपालले आउँदो सोमवार बहराइन र अन्तिम खेलमा मङ्गलवार हङकङसँग खेल्नेछ । च्याम्पियनशिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

प्रकाशित मिति : ४ असार २०७९ शनिबार ००:००  ८ : २४ बजे