४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

स्टार फरवार्ड साडियो माने अब बायर्नमा



काठमाडौं ।
स्टार फरवार्ड साडियो माने बायर्न म्युनिख जाने पक्का भएको छ। मानेले आगामी सिजन जर्मन जायन्टमा बिताउने पक्का भएको हो ।

इंग्लिस क्लब लिभरपुलमा रहेका सेनेगलका फरवार्ड माने जर्मन क्लब म्युनिखमा अनुबन्धित हुने पक्का हो । लिभरपुल माने बायर्नलाई बेच्न सहमत भएसँगै उनी बुन्डेसलिगा जाने भएका हुन् ।

लिभरपुलले म्युनिखसँग मानेका लागि ४१ मिलियन युरोको सहमति गरेको छ । मानेले जर्मन च्याम्पियन म्युनिखसँग ३ वर्षको सम्झौता गर्ने भएका छन् ।

३० वर्षीय फरवार्ड माने २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल पुगेका थिए । लिभरपुलबाट मानेले प्रिमियर लिग, एफए कप लगायत ६ उपाधि जितिसकेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९ शनिबार ००:००  ५ : १९ बजे