१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज हङकङसँग खेल्दै



काठमाण्डौ ।

एसीसी महिला टी -२० च्याम्पियनसिपमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल मलेसियाको किनरारा ओभलमा दिउँसो १२ बजे सुरु हुनेछ ।

लगातार तीन खेल जितेको नेपाल सेमिफाइनलमा पुगिसकेको छ । नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा छ । हङकङ २ खेलमा ४ अङ्ककासाथ नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।

च्याम्पियनसिपमा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन तथा समूह ‘ए’ मा यूएई, मलेसिया, ओमान, कतार र सिङ्गापुर छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले एसिया कप महिला टी-२० खेल्न पाउने छन् ।

प्रकाशित मिति : ७ असार २०७९ मंगलबार ००:००  ७ : २० बजे