४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

सिन्धुपाल्चोकमा ठूलो वर्षाः मेलम्चीमा बाढीको चेतावनी



काठमाण्डौ ।

सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ । गुम्थाङ, धाप, नकोटेलगायत धेरै ठाउँमा भारी वर्षाको मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो बेलुकाभन्दा १ दशमलव ५ मिटरले बढेको छ । त्यहाँ बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी तथा कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

पूर्वका झापा, इलाम, भोजपुरसहित केही जिल्लामा पनि ठूलो पानी परेको छ । केही ठाउँमा ठूलो पानी परेको भए पनि देशका मुख्य नदीमा आउँदो तीन दिनसम्म जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । आज तराई क्षेत्रका केही ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।

प्रकाशित मिति : १८ असार २०७९ शनिबार ००:००  ८ : २४ बजे