२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तुमा चट्याङ लागेर एक किशोरीको मृत्यु



कपिलवस्तु ।

कपिलवस्तुमा शनिबार चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ ।

जिल्लाको शिवराज नगरपालिका वडा नम्बर २ बालापुर बस्ने १९ वर्षीय शुसिला थारुको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहान खेतमा धान रोप्न गएकी थारुलाई चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारका लागि स्थानीय संजीवनी अस्पतालमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रकाशित मिति : १८ असार २०७९ शनिबार ००:००  ६ : ४८ बजे