मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा भन्सार छलेर ल्याईएको अबैध डिएपी र यु्रिया मल बरामद गरिएको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिका दोहनी चोक स्थित तौलिहवा भैरहवा सडक खण्डमा भारतबाट विना भन्सार र विना विल ढुवानी गरी लुकाई छिपाई वेवारिसे अवस्थामा राखिएको अबैध १९ बोरा डिएपी मल र २ बोरा युरिया मल बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
बरामद गरिएको उक्त अबैध मल करिब ४८ हजार ९ सय मुल्य बराबर रहेको प्रहरीले बताएको छ ।
बरामद गरिएको डिएपी र युरिया मल आवश्यक कारवाहीको लागि सुठौली भन्सार कार्यालयमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।
।
प्रतिक्रिया