७ असार २०८३, आइतबार | Sun Jun 21 2026

राप्ती नदीमा एक युवा डुबे, खोजी कार्य जारी



दाङ ।
बाँकेको राप्ती नदीमा डुबेर बेपत्ता भएका एक युवाको खोजी जारी राखिएको प्रहरीले बताएको छ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय नरबहादुर कामी बुधबार बिहान नुहाउने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार नरबहादुर बुधबार बिहान घाँस काट्न स्थानीय जंगलमा गएका थिए।

घाँस काटेर घर फर्किने क्रममा गर्मी भएको भन्दै उनी करिब साढे ९ बजेतिर नुहाउन राप्ती नदीमा पसेका थिए। त्यसपछि उनी बेपत्ता भएका थिए।

उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ असार २०७९ बिहिबार ००:००  १० : ५० बजे