२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बुटवलबाट भैरहवा जाँदै गरेको बस तिलोत्तमामा दुर्घटना, ३ जना घाइते



बुटवल ।

बुटवलबाट भैरहवा जाँदै गरेको बस तिलोत्तमामा दुर्घटनामा परेको छ। शनिबार बिहान लु २ ख ८०४ नम्बरको बस तिलोत्तमा नगरपालिका – ९ स्थित मङगलापुरमा अनियन्त्रित भैइ सडक छेउको रेलिङ्गमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनाबाट बसमा सवार ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मङगलापुरका प्रहरी नायब निरीक्षक थमबहादुर रोकाले जानकारी दिए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए । बसमा १४ जना यात्रु सवार रहेका थिए ।

प्रकाशित मिति : २५ असार २०७९ शनिबार ००:००  ११ : ५६ बजे