२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना, १९ वर्षीय युवकको मृत्यु



रुपन्देही ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीकै मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेका छन् । दुर्घटनाबाट गम्भिर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

लु ४० प ५९८९ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे नियन्त्रण गुमाएर पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९ मंगलबार ००:००  १२ : २५ बजे