२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

कपिलवस्तु र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु



मायादेवी अनलाइन, जितपुर ।

करेन्ट लागेर कपिलवस्तु र रुपन्देहीमा २ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ डेरवा बस्ने २५ वर्षीया बिन्दा बासी पासीको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । आफ्नै घरमा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीको बताए ।

यस्तै रुपन्देहीको सियारी गाउँपालिका ६ मदनगंजमा पनी करेन्ट लागेर ४५ वर्षीय सर्वजीत लोहारको सोमबार राति मृत्यु भएको छ । आफ्नै घरको पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको रुपन्देही प्रहरीले बताए । दुबै घटनाको सम्बन्धमा थप अनुशन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २८ असार २०७९ मंगलबार ००:००  २ : १६ बजे