२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बोलबमधामको रौनक सुरु, लक्ष्मणघाटबाट जल लिएर पर्रोहा हिड्यो टोली



मायादेवी अनलाइन, बाणगंगा ।
साउन भगवान शिवलाई प्रार्थना गर्ने विशेष महिना । साउन लागे संगै हिन्दुधर्मालम्बीहरुले विशेष पूजा प्रार्थना गर्ने गर्दछन् । भगवान शिवलाई यो महिना विशेष गरी पूजाआजा गरिने गरिएको हो ।

विशेष गरी साउन महिनाभर बोलबमधामले विशेष महत्व राख्ने गर्दछ । रुपन्देहीको पर्रोहामा रहेको पर्राेहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा साउन महिनाभर विशेष मेला लाग्ने गरेको छ । नेपालकै प्रसिद्ध यो धाममा हजारौं श्रद्धालुभक्तजन दर्शनका लागि आउने गरेका छन् ।

उक्त बोलबम धाममा यस बर्ष पनि विशेष धार्मिक महोत्सव हुँदै छ । कपिलवस्तुको लक्ष्मणघाट पनि साउन महिनाभर विशेष महत्व राख्ने स्थान हो । हिन्दुधर्मालम्बीहरुले लक्ष्मणघाटको जल बोलबम धाम लैजाने गरेका छन् ।

असार ३० गते विहीबारका दिन बोलबमधाम पर्रोहाको विशेष धार्मिक टोलीले बोलबमरत शोभायात्रा निकाल्दै लक्ष्मणघाटको जल लिएर गएको छ । असार २९ गते कपिलवस्तुको लक्ष्मणघाट आएको टोलीले असार ३० गते विहीबार जल लिएर फर्किएको हो । रातभर लक्ष्मणघाटमा भजन कृतन गरेर विहानपख टोली पर्रोहा फिर्किएको हो ।

टोलीलाई एक विशेष कार्यक्रमको आयोजना गरी रोटरी क्बल अफ मिड टाउन कपिलवस्तुले स्वागत गरेको छ । जीतपुर चारनम्बरमा रोटरीले धार्मिक तीर्थयात्रीलाई विशेष स्वागत गरेको हो ।

प्रकाशित मिति : ३० असार २०७९ बिहिबार ००:००  ९ : ३५ बजे