५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आवर विज्डम मा. वि. फोकस नेपाल शिक्षा सेवाद्वारा सम्मानित



मायादेवी अनलाइन, जीतपुर ।

फोकस नेपाल संस्थाले कपिलवस्तुको बाणगंगा १ बैरीया स्थित आवर विज्डम आवासिय माध्यमिक विद्यालयलाई राष्ट्रिय शिक्षा सेवा सम्मान – २०७९ बाट सम्मानित गरेको छ । फोकस नेपालले कपिलवस्तुको एक मात्र पुरस्कार पाउने विद्यालय आवर विज्डम आवाशीय माध्यमिक विद्यालयलाई काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरी राष्ट्रिय मा. वि. सम्मान २०७९ बाट सम्मानित गरिएको विद्यालयका प्राचार्य नारायण शर्माले जानकारी दिनु भयो।

शर्माले आफ्नो कार्य व्यस्तताका कारण कार्यक्रममा सहभागी हुन नसकेको र पूर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा विद्यालयका प्रतिनिधि शिक्षक सुन्दर घिमिरेले उक्त सम्मान ग्रहण गरेको बताउनु भयो ।

यस सम्मानले कपिलवस्तु गौतम बुद्धको क्रिडास्थल मात्र नभई शिक्षा क्षेत्रको रुपमा विकास हुँदै गएको शर्माले बताउनु भयो । सम्मान कार्यक्रममा पूर्व प्रधनमन्त्री एवम् प्रमुख अतिथि झलनाथ खनालले शिक्षा देशको मेरुदण्ड भएको र गुणस्तरीय शिक्षामा अनवरत प्रतिवद्व भई नेपाल सरकारको “सबैलाई शिक्षा” भन्ने नारा सफल बनाउन लाग्ने र सम्मानित हुने सवैलाई आग्रह गर्नुभयो।

आवर विज्डम माध्यमिक विद्यालय पर्याप्त भौतिक पूर्वाधार, दक्ष र अनुभवि शिक्षक, शिक्षिकाबाट अध्ययन–अध्यापन, समयानुकूल प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष शैक्षिक जनअक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै विगतका वर्षहरुको परीक्षाको नतिजालाई विशेष आधार मानेर देशभरिका मा. वि. हरुवाट उत्कृष्ट मा. वि. मा विद्यालय पर्न सफल भएको त्यसको निरन्तरताको उच्च प्रंशसा गर्दै आगामी दिनहरुमा पनि प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदानमा निरन्तर लाग्ने विश्वासका साथ गुरु पूर्णिमा तथा भानु जयन्तीको शुभ अवसरमा फोकस नेपाल संस्थाद्धारा आयोजित विशेष समारोहमा राष्ट्रिय शिक्षा सम्मान – २०७९ बाट सम्मानित गरेको फोकस नेपाल संस्थाले जनाएको छ ।

समाजसेवी एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ पौडेलले फोकस नेपालद्वारा विद्यालय सम्मानित भएकोमा शिक्षक, विद्यार्थी, अभिभावक सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यालयले जिल्लाकै नमुना र उत्कृष्ट विद्यालयको रुपमा आफ्नो गरिमा कायम गर्नेमा आफू विस्वस्त भएको बताउनुभयो ।

प्रकाशित मिति : ३१ असार २०७९ शुक्रबार ००:००  ८ : ५१ बजे