अर्घाखाँची ।
सञ्चारकर्मी गणेश बेल्वासे ’संगम’ र सुमित्रा भण्डारीले अर्घाखाँची अदालतमा विवाह (कोट म्यारिज) गरेका छन् । रातोप्रेस अनलाइन न्यूज पोर्टलका अध्यक्ष तथा प्रकाशक समेत रहेका बेल्वासे र भण्डारी दुवै जना शिक्षक पेशामा पनि आवद्ध छन् ।
बेल्वासेले विहे भोजको खर्च बचत गरेर एक लाख रूपैयाँ विपन्न परिवारका बालवालिकालाई सहयोग गर्ने भएका छन् ।
शितगंगा नगरपालिका वडा ११ का बेल्वासे र वडा वडा १० सुमित्रा भण्डारीले शुक्रवार अदालती विवाह गरेर सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै उक्त रकम विद्यार्थीलाई सहयोग गर्ने बताए ।
शितगंगा वडा १० को सिद्धारामा रहेको जनजागृती माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने गरिब तथा विपन्न विद्यार्थीका लागि ५० हजार रूपैयाँ सहयोग गर्ने दम्पत्तीले बताए । शितगंगा नगरभित्र रहेका विपन्न बालवालिकालाई ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गर्ने बेल्बासेले बताए ।
भोजभतेर गर्नुभन्दा खर्च बचत गरेर सामाजिक काममा खर्च गरिएको भण्डारीले बताइन् ।
प्रतिक्रिया