२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

दाङमा गोठ भत्किँदा दुई वर्षीया बालिकाको ज्यान गयो



दाङ ।
दाङको घोराही उपमहानगरपालिका-९ मा गोठ भत्किँदा दुई वर्षीया बालिकाको ज्यान गएको छ।

घोराही उपमहागनरपालिका-९ मा आज बिहान माटोले बनेको गोठ भत्किँदा च्यापिएर इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको ज्यान गएको हो।

गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति : ३२ असार २०७९ शनिबार ००:००  १२ : ४८ बजे