१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

अर्घाखाँचीमा छोराको लठ्ठी प्रहारबाट आमाको मृत्यु



मायादेवी अनलाइन, अर्घाखाँची ।

अर्घाखाँचीमा छोराको लठ्ठी प्रहारबाट आमाको मृत्यु भएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर ४ चाक्लामा आफ्नै २६ बर्षीय छोरा हेमन्त कार्कीको लाठी प्रहारबाट घाइते भएकी आमा कमला कार्कीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जनाएको छ ।

घरयासी बिवादमा छोेराले लाठीले टाउकोमा प्रहार गर्दा घाइते भइ कार्कीको काठमाडौ टिचिङ अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिए ।

गत असार ७ गते घरमा सामान्य बिवाद हुँदा हेमन्तले लाठीले प्रहार गरे पछि घाइते भएकी आमा कमला कार्कीलाई बुटवलमा उपचार गरि थप उपचारको लागि काठमाडौ रिफर गरिएको थियो । उपचारकै क्रममा उनको गएराति मृत्यु भएको प्रहरी निरिक्षक रेग्मीले बताए ।

हेमन्तलाई इलाका प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ । आजै अदालतमा पेश गरि म्याद थपगरि अनुसन्धान प्रक्रिया अगाडी बढाईने प्रहरी निरिक्षक रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७९ आइतबार ००:००  १ : ०७ बजे