३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

डेढ किलो गाँजासहित २ जना व्यक्तिलाई सालझण्डी प्रहरीले समात्यो



मायादेवी अनलाइन, सैनामैना ।
रुपन्देहीको इलाका प्रहरी कार्यालय सालझण्डीले डेढ किलो गाँजासहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सैनामैना नगरपालिका वडा नं. १० झिमपुरका २७ बर्षीय रोशन थारुले आफ्नै घरमा अबैध लागुऔषध गाँजा लुकाई छिपाई राखि बिक्री बितरण गरेको भन्ने गोप्य सूचनाका आधारमा सालझण्डी प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय सालझण्डीको एक टोली साउन ३ गते थारुको घर खानतलासी गर्न पुगेको थियो । जुन बेला प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा १ के.जी. ३६० ग्राम सुकेको तयारी अबस्थाको लागुऔषध गाँजा फेला पारेको ईलाका प्रहरी कार्यालय सालझण्डी प्रमुख प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए । थारुलाई नियन्त्रणमा लिई लागुऔषध ऐन अन्तर्गत म्याद थप गरि अनुसन्धान गरिएको मरासिनीले जनाएका छन् ।

यसैबीच सोही दिनसैनामैना नगरपालिका वडा नं. ५ बालापुरका २७ बर्षीय कमल कुमालको घरबाट २०४ ग्राम सुकेको अवस्थामा रहेको गाँजा फेला पारेको प्रहरीले जनाएको छ । कुमाललाई पनि पक्राउ गरी लागुऔषध ऐन अन्तर्गत म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समयमा लागुऔषध कारबाही र यसका सेवनकर्ता बढ्न थाले पछि सालझण्डी प्रहरी एक्सनमा उत्रिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९ बिहिबार ००:००  ६ : २८ बजे