मायादेवी अनलाइन, शिवराज ।
कपिलवस्तुमा एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको शिवराज नगरपालिका २ टिकुलीगढ स्थित समयथान सामुदायिक वनको सुराई खोलाको बगरमा उक्त पुरुषको शव फेला परेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
फेला परेको शवको हाल नाम, थर, वतन नखुलेको र पुरुषको उमेर करिब ४५ वर्षको आसपास रहेको प्रहरीको अनुमान छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







प्रतिक्रिया