मायोदेवी अनलाइन, जितपुर
कपिलवस्तुको बाणगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
बाणगंगा ८ चप्परगाउँमा नुहाउने क्रममा धारामा जोडेको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा ४९ बर्षीया माया भाट क्षेत्रीको मृत्यु भएको हो ।
ती महिलालाई करेन्ट लाग्ना साथ कपिलवस्तु सामुदायिक अस्पताल चारनंम्बर ल्याईएको थियो तर अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।
मृतक भाटका श्रीमान, २ छोरा र एक बुहारी रहेकी छन् ।
उनको बाणगंगास्थित लक्ष्मणघाटमा दाहसंस्कार गरिएको छ ।







प्रतिक्रिया