२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

आगामी ३ दिनसम्म मौसम यस्तै हुने, ठूलो पानी पर्ने सम्भावना छैन



काठमाडौं ।
हाल मुलुकका केही स्थानमा वर्षा भइरहेको छ। मौसमविद्का अनुसार अनुसार यतिबेला प्रदेश नम्बर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ।

आगामी ३ दिन अर्थात् आइतबारसम्म हल्कादेखि मध्यमसम्म वर्षा भए पनि ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ। यसैको कारण देशभर वर्षा भइरहेको हो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : ६ श्रावण २०७९ शुक्रबार ००:००  ७ : २० बजे