३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

नेकपा (एस) कपिलवस्तुले थाल्यो तीन महिने संगठन सुदृढिकरण अभियान



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियान थालेको छ ।

शनिबार जिल्लाको गोरुसिंगेमा सम्पन्न चौथो पूर्ण बैठकले तीन महिने अभियानमा सञ्चालन गर्ने संगठनात्मक योजना बनाएको एकीकृत समाजवादी जिल्ला प्रचार विभागले जनाएको छ ।

तीन महिने अभियान अन्तर्गत साउन २६ गते भित्र सबै पालिकाको बैठक बसाल्ने गरि सबै पालिका कमिटीको मिति तय गरिएको छ । जस अन्तर्गत साउन १३ गते बाणगंगा नगर कमिटी, साउन १४ गते शिवराज नगर कमिटी, साउन २० को बुद्धभूमि नगर कमिटी, साउन २१ गते कपिलवस्तु नगर कमिटीको बैठक बस्ने छ ।

यस्तै साउन २२ गते मायादेवी गाउँपालिका कमिटी, साउन १९ गते महाराजगञ्ज नगर कमिटी, साउन २४ गते यशोधरा गाउँपालिका कमिटी, साउन २५ गते कृष्णनगर नगर कमिटी र साउन २६ गते विजयनगर गाउँपालिका कमिटीमा बैठकको मिति तय भएको एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष गीता अन्जानले जानकारी दिइन् ।

यस्तै बैठकले जनबर्गीय संगठनको बैठक तथा भेलाको पनि मिति तय गरेको छ । जसमा समाजवादी प्रेस संगठन नेपाल कपिलवस्तुको बैठक साउन १५, युवा संघ नेपालको साउन २८, अनेमसंघ (समाजवादी) को भाद्र ४, अनेरास्ववियूको भाद्र ११, नेपाल दलित मुक्ति संगठन नेपालको भाद्र १८, नेपाल मुस्लिम इत्तेहाद संगठनको भाद्र ६, पेशागत महासंघ नेपालको साउन २१, लोकतान्त्रिक मधेसी संगठन (समाजवादी)को साउन ३० र अखिल नेपाल किसान महासंघको भाद्र ५ गते बैठक बसेर आगामी कार्ययोजना बनाउने निर्णय गरेको जिल्ला कमिटी उपाध्यक्ष अन्जानले बताइन् ।

बैठकले साउन मसान्तसम्म पार्टी संगठन सस्दय र पार्टी सदस्यको अत्यावधिक गरेर केन्द्रीय पार्टी कार्यालयमा पठाउने, पार्टीका महत्वपूर्ण विभाग गठन गरेर पूर्णता दिने, पार्टी प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उक्त पार्टीले जनाएको छ ।

पार्टीका जिल्ला अध्यक्ष लंक बहादुर हमालको अध्यक्षतामा बसेको बैठकले आर्थिक विभागको प्रमुखमा सरोजकुमार पौडेललाई जिम्मेवारी दिइएको छ । लामो समय देखि विरामी रहनुभएका केन्द्रीय परिषद सदस्य लिला खनाल र जिल्ला उपाध्यक्ष नेत्रलाल खनालको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

पार्टी बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले पार्टीले गरेका निर्णयलाई अक्षरक्ष पालना गर्न निर्देशन दिए । पार्टी समाजवादी क्रान्तिको दिशामा अगाडी बढेको भन्दै विचारका दृष्टिले पार्टीले स्पष्ट लाइन लिएको बताए। अझै पनि कतिपय व्यक्ति ढुलमुल मै रहेको भन्दै समाजवादी आन्दोलनमा सरिक भएर काम गर्नका लागि सबैमा आह्वान गरे ।

बैठकमा पार्टी केन्द्रीय सदस्य मीना परियार, केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ, लुम्बिनी प्रदेश कमिटी सदस्य जित बहादुर रावत, एमडी हसन लगायतको आतिथ्यता रहेको थियो ।

लोसपा त्यागेका चौधरी समाजवादीमा
कृष्णनगर नगरपालिकाका लोसपा नेता रामराज चौधरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । पार्टीको चौथो बैठकमा उनलाई पार्टी नेताहरुले स्वागत गरेका हुन् । कृष्णनगरका प्रभावशाली नेताका रुपमा रहेका चौधरी एमाले हुँदै पछिल्लो समय लोसपामा सक्रिय रहेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९ आइतबार ००:००  ७ : २१ बजे