२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

कपिलवस्तुका चार बर्षीय प्रशान्तलाई ब्लड क्यान्सरले समात्यो, दयनीय आर्थिक अवस्थाले उपचारमा समस्या



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा एक चार बर्षीय बालकलाई ब्लड क्यान्सरले समातेको छ ।

बालक उमेर, त्यसमा पनि दयनीय आर्थिक अवस्था र प्राणघातक रोगको आक्रमणले गर्दा प्रशान्त महतरा जीवनमरणको चरणमा पुगेका छन् ।

जिल्लाको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर घर भएका महतराको उपचार गर्ने अवस्थामा नहुँदा घरपरिवारले सबैमा सहयोगको याचना गरेका छन् ।

महतराको अहिले काठमाडौंको कान्ती बाल अस्पतालमा उपचार भइरहेको छ । सामान्य घर परिवारमा जन्मेका महतराको घर परिवारको अबस्था दयनीय मात्र छैन्, विहान, साँझ छाक टार्न समेत धौधौ भएको छ ।

महतराका बुवा केशर महतराले सानो आर्थिक सहयोग गरेर छोरालाई बचाउन सबैसंग आग्रह गरेका छन् ।

कसैलाई सहयोग गर्ने इच्छा जागे माछापुच्छ्रे बैंक लिमिटेड चन्द्रौटामा रहेको खाता नम्बर १४२०९३०६९१६००२८९ बाट सहयोग गर्न सकिने छ ।

प्रशान्तको बुवा केशरको मोबाइल नं. 984-4729098 रहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९ आइतबार ००:००  ७ : ५२ बजे