२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

पाल्पा बस दुर्घटना : बाणगंगाका एक पुरुषको मृत्यु



मायादेवी अनलाइन, कपिलवस्तु ।

आइतबार पाल्पामा भएको बस दुर्घटनामा कपिलवस्तुको बाणगंगाका एक पुरुषको ज्यान गएको पुष्टि भएको छ । बागलुङको बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ का ४५ वर्षीय यज्ञबहादुर सोमैको ज्यान गएको पुष्टी भएको प्रहरीले जनाएको छ । ६ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनामा सोमैको मृत्यु भएको प्रहरीले सनाखत गरेको विवरणमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले दुर्घटनामा परी सोमैको मृत्यु भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९ सोमबार ००:००  ११ : २२ बजे