४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

होराइजनका करुण घिमिरेले बढाए कपिलवस्तुको शान, एसइईमा ४ जिपिए ल्याए



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका सिद्धिपुरमा रहेको होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयका करुण घिमिरे एसइई परीक्षामा जिल्ला मै उत्कृष्ट बनेका छन्।

२०७८ को सार्वजनिक भएको नतिजा अनुसार उनले ४ जिपिए ल्याउँदै जिल्ला मै उत्कृष्ट बनेका हुन्।

शिक्षा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरेले होराईजनका करुण घिमिरे ४ जिपिए ल्याउँदै जिल्ला मै उत्कृष्ट बनेको बताए।
सो विद्यालयका प्राचार्य बासुदेव घिमिरेले करुण नर्सरीदेखि नै होराईजनमा पढ्दै आएको बताए। ‘नर्सरीदेखि नै करुण प्रथम हुँदै आएका थिए । अहिले पनि जिल्ला मै उत्कृष्ट बनेका छन्’ उनले भने।

४ जिपिए ल्याएर खुसी बनेका करुणलाई अहिले बधाईको आईरो नै लागेको छ। जिल्ला मै उत्कृष्ट बनेका करुणले आफ्नो मिहिनेत र लगनशीलताको राम्रो प्रतिफल पाएको बताए। ‘बिद्यालयका गुरूहरु, आमाबुवा र विद्यालयमा राम्रो पढाई भएकाले नै मैले यो स्थान हासिल गर्न सफल भएको हुँ’ उनले भने। उनले प्लस टु मा बिज्ञान विषय पढेर आफु इन्जिनियर बन्ने ध्येय राखेको बताए।

उता सार्वजनिक नजिता अनुसार जिल्लामा नियमिततर्फ ४ जिपिए ल्याउने १ जना, ३ दशमलव ६ जिपिएदेखि तल ४ जिपिए ल्याउने नियमित तर्फ ८६ र प्राबिधिक तर्फ १७ जना, ३ दशमलव २ जिपिए देखि तल ६ सम्म नियमिततर्फ ३ सय ९१ र प्राबिधिक तर्फ ५७ ले ल्याएका छन्।

जिल्लामा १ सय ४३ विद्यालयका ८ हजार ८३ जना परिक्षाको फारम भरेका थिए। जसमध्ये नियमिततर्फ ७ हजार ८९५ र ग्रेड वृद्धितर्फ १ सय २८ जना थिए। नियमिततर्फ २ सय ८८ जना र प्राविधिकतर्फ ९ जना अनुपस्थित थिए। एसइईमा २७ वटा परीक्षा केन्द्र थियो।

प्रकाशित मिति : १३ श्रावण २०७९ शुक्रबार ००:००  ६ : २८ बजे