५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नवलपरासी पूर्वमा पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु



काठमाडौं ।
नवलपरासी पूर्वमा दुई वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

कावासोती नगरपालिका-१४ हेगौली बस्ने पुरण चौधरीकी २ वर्षीया छोरी प्रिन्सा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घर अगाडि रहेको माछा पोखरीमा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।

खेल्ने क्रममा पोखरीमा डुबेर अशक्त भएकी उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९ शनिबार ००:००  ५ : ५९ बजे