४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तुका क्याम्पसले शूल्क बढाए, मासिक शूल्क ९ सय ७५ बाट १५ सय पुग्यो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका सामुदायिक क्याम्पसहरुले मासिक शूल्क बढाएका छन् । शनिबार बसेको पब्लिक क्याम्पस संघ कपिलवस्तुको बैठकले जिल्लाभरका क्याम्पसहरुमा मासिक शूल्कमा वृद्धि गरेका हुन् ।

हाल जिल्लाका सामुदायिक क्याम्पसहरुले मासिक शूल्क वापत ९ सय ७५ रुपैयाँ लिदै आएका थिए ।

तर शनिबार बढाइएको शूल्कमा मासिक १५ सय पुगेको छ ।

क्याम्पसहरुको शूल्क वृद्धि लामो समय देखि हुन सकेको थिएन् । क्याम्पसहरुको बाह्य स्रोत नहुँदा चल्नै नसक्ने स्थितिमा पुगेपछि शूल्क वृद्धि गर्नुपरेको संघका अध्यक्ष डा. विनय पाण्डेयले बताए ।

संघले ०७२ सालमा क्रियाशिल विद्यार्थी संगठनहरुसंग भएको छलफल पश्चात बार्षिक रुपमा १० प्रतिशत शूल्क वृद्धि गर्ने निर्णय गरिएको भन्दै लगत्तै आएको कोरोनाको कारण शूल्क वृद्धि नभएकाले चालु बर्ष देखि मासिक शूल्क १५ सय बनाइएको जनाएको छ ।

शूल्क वृद्धिका लागि पब्लिक क्याम्पस संघले गएको असार महिनामा छलफल गरेको थियो । जिल्लामा रहेका क्रियाशिल विद्यार्थी संगठनहरुसंग शूल्क वृद्धिका लागि छलफल गरेको संघले शनिबार आएर शूल्क वृद्धि गरेको हो । शूल्क वृद्धि गर्नै नहुनेमा नेकपा (एस) निकट अनेरास्ववियू र नेकपा निकट अखिल (क्रान्तिकारी) रहेका छन् ।

यी संगठनले मासिक शूल्क बढाउनु भन्दा पनि बाह्य स्रोतबाट क्याम्पसको घाटा पूर्ती गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनीहरुले स्थानीय सरकारसंग पनि यस विषयमा छलफल गरेर अगाडी बढ्नुपर्ने तर विद्यार्थीबाट शूल्क उठाएर मात्र सामुदायिक क्याम्पस चलाउनुपर्छ भन्ने मान्यता त्याग्नुपर्नेमा जोड दिदैं आएका छन् ।

क्याम्पसहरुको शूल्क वृद्धि भएपछि विद्यार्थी संगठनहरुले अझै प्रतिक्रिया दिइ सकेका छैनन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९ आइतबार ००:००  ८ : १० बजे