१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

महिला युरो कपको उपाधि इङ्ल्यान्डले जित्यो



काठमाडौँ ।
महिला युरो कप–२०२२ को उपाधि इङ्ल्यान्डले जितेको छ ।

गए राति जर्मनीसँग भएको फाइनल भिडन्तमा इङ्ल्यान्डले २-१ को जित निकाल्दै उपाधि जितेको हो । यो जितसँगै इङ्ल्यान्डले पहिलोपटक युरो जितेर इतिहास रचेको छ ।

८ पटक महिला युरो कपको उपाधि विजेता जर्मनीले भने थप एक गोल गर्न नसक्दा निराश हुनुपर्‍यो ।

प्रकाशित मिति : १६ श्रावण २०७९ सोमबार ००:००  ७ : १३ बजे